२०८१ फाल्गुन १ बिहीबार

काठमाडाैं । नेपाल इन्भेष्टर्स फोरमले अर्थमन्त्री जनार्दन शर्मालाई पत्राचार गर्दै मौद्रिक नीति २०७८ मार्फत लागू गरिएको शेयर धितो कर्जाको १२ करोडको सीमालाई तत्काल खारेज गर्न माग गरेको छ ।

राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिका बमोजिम १२ करोड पनि ३ वटा बैंक तथा वित्तीय संस्थाबाट लिनुपर्ने र सो सीमा व्यक्ति तथा संस्था दुबैका लागि लागू गरिएकाले सो सीमाका कारण लगानीकर्ताहरु शेयर बिक्री गरी ऋण चुक्ता गर्दा शेयर बजारमा प्रत्यक्ष दबाब सिर्जना भई विगत धेरै दिनदेखि शेयर बजारमा गिरावट आएको फोरमले जनाएको छ ।

फोरमका अध्यक्ष तुलसीराम ढकालद्धारा जारी विज्ञप्तीमा भनिएको छ,-‘राष्ट्र बैंकबाट गरिएको शेयर धितो कर्जा सम्बन्धी विभेदकारी तथा अव्यवहारिक नीतिका कारण शेयर बजारमा पर्न सक्ने दीर्घकालीन असरबाट शेयर बजारलाई जोगाउन र सम्पूर्ण लगानीकर्ताका लागि लगानीको वातावरण बनाउन सो एकीकृत निर्देशिकाले जारी गरेको १२ करोड ऋणको सीमा तत्काल खारेजीको माग गर्दै माननीय अर्थमन्त्रीज्यू समक्ष विनम्र अनुरोध गर्दछौं ।’

बैंक तथा वित्तीय संस्थाले कोर क्यापिटलको ४० प्रतिशत मात्र शेयर धितो कर्जा प्रवाह गर्न पाउने र त्यस्तो लगानी कुल ऋण लगानीको २.५० प्रतिशत मात्र रहेको फोरमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय