२०८१ मंसिर २३ आईतवार

काठमाडौं। भदौ लागेपछि विकास बैंकहरुको ऋणमा सुधार भएपनि निक्षेप घट्न थालेको छ। डेभलपमेन्ट बैंकर्स एशोसिएसनका अनुसार, सातामै निक्षेप ०.४२ प्रतिशतले घटेको छ।

भदौ ५ गते ४ खर्ब १६ अर्ब ४५ करोड रुपैयाँ रहेको निक्षेप ११ गते पुग्दा एक अर्ब ७३ करोड ३० लाख रुपैयाँले घटेर ४ खर्ब १४ अर्ब ७१ करोड ७८ लाख रुपैयाँमा आएको छ। यो तथ्यांक राष्ट्रिय स्तरका ८ विकास बैकको हो।

राष्ट्रियस्तरका विकास बैंकले एक सातामा ऋण लगानी ०.५४ प्रतिशतले बढेको छ। यो अवधिमा ऋण एक अर्ब ९५ करोड रुपैयाँले बढेर ३ खर्ब ६२ अर्ब ५३ करोड ८० लाख रुपैयाँ पुगेको छ।

क्षेत्रीयस्तरका विकास बैंकहरुको पनि निक्षेप ५० करोड रुपैयाँले घटेको छ। अहिले कुल निक्षेप ७२ अर्ब ४२ करोड रुपैयाँ निक्षेप छ। ऋण भने ४९ करोड ६१ लाख रुपैयाँले बढाएर ६६ अर्ब ८० करोड रुपैयाँ पुर्याएका छन्। यो सात वटा क्षेत्रीयस्तरका विकास बैंकको तथ्यांक हो।

सबैं विकास बैंकहरुको निक्षेप २ अर्ब २३ करोड रुपैयाँले घटेको छ भने ऋण २ अर्ब ४४ करोडले बढेको छ। अहिले निक्षेप र ऋणको अवस्था बाणिज्य बैंकहरुमा पनि यस्तै छ। निक्षेप घटिरहेको छ भने ऋण बढिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय