२०८१ माघ २७ आईतवार

काठमाडौं । लगानी बोर्डको कार्यालय स्थापनाको १० वर्षमा ११ अर्ब डलर बराबरको परियोजनामा विदेशी लगानी स्वीकृत गरेको छ । बोर्डले परियोजना तथा अध्ययन अघि बढाउन उक्त रकम बराबरको विदेशी लगानी स्वीकृत गरेको हो ।

बोर्डमार्फत् हालसम्म ३३ परियोजना अघि बढेका छन् । जसमध्ये सबैभन्दा बढी १६ वटा ऊर्जा परियोजना रहेका छन् भने छवटा खानी तथा खनिज, पर्यटन, यातायात र सहरी विकासका तीन-तीन र उत्पादनमूलक क्षेत्रका दुई परियोजना रहेका छन् । बोर्डबाट लगानी स्वीकृतिप्राप्त ३३ मध्ये सात परियोजनाको अध्ययन प्रक्रिया सुरु भएको छ ।

जसमध्ये एक अर्ब २७ करोड डलर विदेशी लगानी अध्ययनका लागि स्वीकृत भएको हो । बोर्डबाट लगानीको अनुमति स्वीकृतप्राप्त ऊर्जा परियोजना पाँच अर्ब ५० करोड डलर बराबरका रहेका छन् भने उत्पादनमूलक क्षेत्रमा ६९ करोड, खानी तथा खनिज क्षेत्रमा एक अर्ब ९२ करोड, पर्यटनमा दुई अर्ब ५१ करोड, यातायातमा १९ करोड र सहरी पूर्वाधारमा छ करोड डलर विदेशी लगानी स्वीकृत भएको छ ।

बोर्डका अनुसार सात सय ५० मेगावाटको पश्चिम सेतीको हाइड्रोपावरको लगानी स्वीकृत गरेको छ भने डोल्मा फन्ड मेनेजमेन्ट र प्रदेश ७ स्थित पाँच सय ५० मेगावाट नेपाल सोलार पावर प्रोजेक्टको अध्ययनका लागि स्वीकृति प्रदान गरिएको छ ।

त्यस्तै मस्र्याङ्दीबेंसी हाइड्रोपावर, अपर त्रिशुली १ हाइड्रोपावर, अपर त्रिशुली ३ वी हाइड्रोपावर, आँखुखोला हाइड्रोपावर, इस्सुवाखोला हाइड्रोपावर प्रोजेक्ट, कालीगण्डकी गर्ग हाइड्रोपावर प्रोजेक्ट, म्याग्दीखोला, अपर मस्र्याङ्दी २, दूधखोला हाइड्रोपावर प्रोजेक्टको लगानी स्वीकृत गरेको छ ।

त्यस्तै गुन्साखोला, हिमचुली दोर्दी, लोअर अरुण, अपर तमोर हाइड्रो प्रोजेक्टको लगानी स्वीकृत गरेको छ ।

त्यसैगरी भेइकल मेनुफेक्चरिङ एन्ड एसेम्बल प्लान्टको अध्ययनका लागि स्वीकृति प्रदान गरेको छ भने चाइना नेपाल फ्राइन्डसिप इन्डस्ट्रियल पार्क, ड्यांगोटे सिमेन्ट, रिलायन्स सिमेन्ट, होङ्सी सिमेन्ट, होङ्सी सिमेन्ट नारायणी, दाङ सिमेन्ट, स्मार्ट सिमेन्टको लगानी पनि स्वीकृत गरेको छ ।

त्यसैगरी विरेठाँटी-मुक्तिनाथ केबुल कार अध्ययनका लागि स्वीकृत प्रदान गरेको छ भने फाइबर स्टार होटल, वल्र्ड बुद्धिष्ट एक्जिबिसन पार्क परियोजनाको लगानी स्वीकृत प्रदान गरेको छ । त्यस्तै प्राइभेट फ्राइट टर्मिनल एन्ड वल्क हृयान्डलिङ टर्मिनल, मल्टिमोडल लजिस्टिक पार्क, रेल्वे लिंक प्राइभेट फ्राइट टर्मिनलको अध्ययन कार्य भइरहेको छ ।

त्यसैगरी काठमाडौं सोलिड बेस्ट मेनेजमेन्ट प्रोजेक्ट प्याकेज १, २ र ३ तथा धराना सोलिड बेस्ट मेनेजमेन्ट परियोजनाको लगानी स्वीकृत भएको छ । १० वर्ष अन्तरमा बोर्डबाट स्वीकृतप्राप्त कतिपय परियोजना सञ्चालनमा आइसकेका छन् भने कतिपय निर्माणाधीन अवस्थामा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय