२०८१ माघ २५ शुक्रबार

घर-घरमा पुगेर उपचार सेवा प्रदान गर्दै आएको हेल्थ एट होम मेड प्रो इन्टरनेशनल प्रालिले बिजनेस अक्सिजन प्रालि मार्फत वैदेशिक लगानी भित्र्याएको छ।

स्वास्थ्य क्षेत्रलाई थप डिजिटलाइज गर्दै घरघरमा पुगेर उपचार गर्ने कार्यलाई अझ विस्तार गर्ने उद्देश्यले कम्पनीले लगानी भित्र्याएको हो।
यो लगानी आएसँगै घरघरमा पुगेर सेवा गर्ने कार्य आम मानिसको पहुँचमा पुग्ने कम्पनीको विश्वास छ।

हेल्थ एट होमले घरमै पुगेर बिरामीको उपचार गर्ने, ल्याव टेस्ट तथा रिपोर्ट लिने, विभिन्न किसिमका थेरापी दिने लगायतका कार्य गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय