२०८१ माघ २९ मंगलवार

एजेन्सी । विश्व बैंकले अफगानिस्तानलाई दिने आर्थिक सहायता रोकेको छ । तालिबानले बिद्रोहिले कब्जा गरेको त्यसपछिको अवस्था अन्योलमा रहेकोले नयाँ रण्मनीति तय नहुन्जेल सम्मका लागि भन्दै विश्व बैंकले अफगानिस्तानलाई दिदै आएकोे आर्थिक सहायता रोकेको हो ।

विश्व बैंकको यो निर्णयसँगै अफगानिस्तानको विकासमा तालिबानले कसरी व्यवस्थापन गर्छन् भन्ने चिन्ता बढेको बताइएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफले पनि यअसघ नै अफगानिस्तानलाई दिँदै आएको आर्थिक सहायता कटौती गरेको जनाएको छ ।

अर्कोतर्फ अमेरिकाले समेत अफगानिस्तानमा रहेको केन्द्रीय बैंकको सम्पति रोक्का गरेको जनाएको छ । सन् २००२ पछि वासिङ्टनमा आधारित वित्तीय संस्थाले अफगानिस्तानमा पुननिर्माण र विकास परियोजनाहरुलाई वर्षेनी करोडौं डलर सहयोग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय