काठमाडौं । कतार एयरवेज कार्गोलाई नेपाल फ्राइट फोरवार्डर्स एसोसिएशनद्वारा सन् २०२० मा सर्वाधिक २८५० टन कार्गो निर्यात गरेबापत सम्मानित भएको छ । सन् २०२० मा देशबाट सर्वाधिक दुई ८५० टन निर्यात उठाएबापत संघले अवार्ड प्रदान गरेको हो ।
देशको निर्यात समर्थनका लागि उल्लेखनीय भूमिका खेल्ने उत्कृष्ट तीन क्यारियर्सलाई सम्मान प्रदान गर्न संघद्वारा हरेक वर्ष अवार्डको आयोजना हुँदै आएको छ । कतार एयरवेज कार्गोले एक दशकभन्दा लामो समयदेखि नेपालबाट सर्वाधिक अपलिफ्टका लागि पहिलो स्थान हात पार्दै आइरहेको छ ।
एयरलाइनको निर्यात बजार हिस्सा सन् २०२० मा नेपालबाट हुने समग्र निर्यातको ४५ प्रतिशत र आयात ४४ प्रतिशत रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।