काठमाडौं । पोखराको मणिपाल मेडिकल कलेज आनन्द राज बतास र नारायण पौडेलले संस्थागत रूपमा खरिद गरेका छन ।
नेपालमा मेडिकल कलेज खरिद बिक्रीको लहर चलिरहदा भारतको मणिपाल एजुकेसन एन्ड मेडिकल ग्रुपको लगानीमा खुलेको मणिपाल मेडिकल कलेज आनन्द राज बतास र अटोवेज समूहका नारायण पौडेलले संस्थागत रूपमा खरिद गरेका हुन्। असोज १ गते देखी सम्पूर्ण रूपमा यो मेडिकल कलेज बतास र पौडेलले सञ्चालन गर्ने छन् ।
मणिपाल मेडिकल कलेज बतास र पौडेलले तीन अर्ब ५० लाख रुपैयाँमा खरिद गरेका हुन । मणिपाल मेडिकल कलेज सन् १९९४ बाट सन्चालन हुदै आएको थियो । यस कलेजमा अध्यक्ष आन्नदराज बतास, सञ्चालक शान्तराज बतास र नारायण पौडल रहने र पब्लिक लिमिटेडमा जाने समेत सञ्चालक पौडेलले बताए ।
मेडिकल कलेजको कुनै पनि ऋण नभए पनि कर लगायत अन्य विभिन्न दायित्व गरी ९७ करोड बढी रुपैयाँ तिर्न बाँकी रहेकोले त्यो दायित्वसमेत सकारेर साढे ३ अर्ब रुपैयाँमा खरिद गर्ने सहमति भएको हो ।
खरिद सम्झौता पूरा भई स्वामित्व लिइसकेपछि अस्पताल सञ्चालक समितिमा ४ जना रहने सहमति भएको छ। कलेज सञ्चालक समितिमा बतास समूहका अध्यक्ष आनन्दराज बतास अध्यक्ष,अटोवेज ग्रुपका अध्यक्ष नारायण पौडेल उपाध्यक्ष रहने छन् ।
यस्तै, बतास समूहका प्रबन्ध निर्देशक शान्तराज बतास र निर्देशक विपेन्द्रराज बतास बोर्ड सदस्यका रूपमा रहने आन्तरिक सहमति भएको छ ।
मेडिकल कलेजसहित हस्पिटलको सम्पूर्ण सम्पत्तिको स्वामित्व खरिद भएको छ । हस्पिटलको आफ्नै ४० रोपनी जग्गा र लिजमा लिइएको १ सय ६० रोपनीसहित २ सय रोपनी जग्गामा हस्पिटल तथा मेडिकल कलेज सञ्चालन भइरहेको छ ।