काठमाडौं । युकेको ख्यातिप्राप्त ट्यापटप सेन्ड र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको छ । युकेमा रहेका नेपालीहरूले ट्याटप सेन्डको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत् सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।
नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध १२ हजारभन्दा बढी एजेन्टहरूबाट सजिलै भुक्तानी लिन सकिन्छ र छिट्टै नै नेपालको जुनसुकै बैंकको खातामा पनि रकम जम्मा अथवा मोबाइल वालेटमा लोड गर्न सकिनेछ । साथै हरेक कारोबारमा लाभार्थीहरूलाई एसएमएसद्वारा जानकारी पनि गराइन्छ ।
सम्झौतामा सिटी एक्सप्रेसका तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र ट्यापटप सेन्डका तर्फबाट निर्देशक मिचेल फायले हस्ताक्षर गर्नुभएको छ । सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १५ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।