२०८१ पुष २९ सोमबार

काठमाडौं । भेञ्चुरा बोटलर्स प्रालि हल्का कार्बोनेटेड पेयको उत्पादन नेपाली बजारमा हुने भएको छ । कम्पनीका अनुसार आरसी कोला, माइट्टी रेन, आरसीक्यू लेमन लाइम, आरसीक्यू अरेञ्ज, जियर अप, जी पावर, कार्बोनेटेड वाटर र वाटरलगायत प्रोडक्ट देशभर उपलब्ध हुनेछन् ।

आरसी कोला पुरानो र चिरपरिचित अमेरिकी ब्रान्ड हो । यसको उत्पादनका लागि आवश्यक पर्ने कच्चापदार्थ अमेरिकाको जर्जिया राज्यको कोलम्बसबाट आयात गरिने कम्पनीको भनाइ छ । मकवानपुरमा रहेको भेञ्चुरा बोटलर्सको अत्याधुनिक प्लान्टमा अमेरिकीस्तरको प्रक्रियामा आरसी कोला तयार पारिन्छ ।

सन् १९०५ मा संयुक्त राज्य अमेरिकाबाट उत्पादन सुरु गरिएको आरसी कोला विगत ११६ वर्षदेखि संसारभरका उपभोक्तामा लोकप्रिय छ । आरसीका उत्पादनहरूको संयुक्त राज्य अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए), युरोपियन खाद्य सुरक्षा निकाय (इएफएसए) का साथै एसिया र अफ्रिकाका विभिन्न खाद्य सुरक्षासँग सम्बन्धित निकायबाट अनुमोदन तथा नियमनसमेत हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर