२०८१ चैत्र १४ बिहीबार

काठमाडौ । टाटा मोटर्सले ‘टिगोर इभी’ को नयाँ संस्करण सार्वजनिक गरेको छ। नेक्सन इभीबाट राम्रो प्रतिक्रिया पाएको टाटाले बुधबार भारतीय बजारमा न्यू टिगोर इभी सार्वजनिक गरेको हो ।

संसारभर विद्युतीय गाडीमा बढिरहेको आकर्षणलाई ध्यानमा राख्दै टाटाले टिगोरको इभी भेरियन्टमा अत्याधुनिक सुविधा सहितको मोडल ल्याएको हो । जिपट्रोन इभी पावर ट्रेन टेक्नोलोजी समावेश गरिएको यो गाडीमा नयाँ स्टाइल र विशेषता विस्तार गरिएको कम्पनीले जनाएको छ ।

यसअघि कम्पनीले फ्लिट सेगमेन्ट अन्तर्गत सार्वजनिक गरेको यो मोडलको अपडेटेड भर्सनलाई एक्स–प्रेस–टी इभी नामाकरण गरिसकेको छ । कम्पनीले उत्पादन गर्न लागेको जिपट्रोन पावरट्रेन टेक्नोलोजी जडान गरिएको सबै विद्युतीय गाडीमा आइपी–६७ मान्यता प्राप्त लिथियम आयोन ब्याट्री जडान गरिएको जनाएको छ ।

बजारमा ल्याइएको यो नयाँ मोडलमा प्रयोग गरिएको ब्याट्रीमा आठ वर्षको वारेन्टी छ । नेक्सनमा जस्तै यो गाडीमा ३० केडब्लुएच (किलोवाट आवर) क्षमताको लिथीयम आयोन ब्याट्री जडान गरिएको छ । एक पटकको फुल चार्जमा अधिकतम दुई सय ५० किलोमीटर माइलेज क्षमता रहेको यो गाडीको सुरुवाती मूल्य १० लाख भारु निर्धारण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय