२०८१ माघ ११ शुक्रबार

काठमाडौं । कुमारी बैंकले डिजिटल भुक्तानी प्रणालीमार्फत् हुने कारोबारलाई दैनिक जीवनमा व्यावहारिक बनाउन प्रोत्साहित गर्ने उद्देश्यले कुमारी स्मार्ट वान मन्थ लगिन च्यालेन्ज नामक अभियान सुरु गरेको छ । अभियानमा लक्की ड्रमार्फत् हरेक हप्ता १० जना र महिनाभर ४० भाग्यशाली सहभागीले एक हजार रुपैयाँका दरले पुररस्कार प्राप्त गर्ने बैंकले जनाएको छ ।

अभियानको अन्त्यमा एक भाग्यशाली कुमारी स्मार्ट प्रयोगकर्ताले बम्पर उपहार १० हजार नगद प्राप्त गर्न सक्ने पनि बैंकले जनाएको छ । अभियानमा सहभागी हुन कुमारी स्मार्ट एपमार्फत् खाता विवरण हेर्ने वा टप–अप, बिल भुक्तानी, क्युआर भुक्तानी वा बैंक ट्रान्सफर गर्नुपर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय