२०८१ मंसिर २३ आईतवार

काठमाडौँ । नेपालमा हालसम्म कुल ९० प्रतिशत जनसङ्ख्या बिचमा आधारभूत रूपमा ग्रिडको पहुँचसहितको विद्युत् पुगेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत वर्ष ७.३७ प्रतिशतले ग्राहकको सङ्ख्यामा वृद्धि भई विद्युतका उपभोक्ताहरूको सङ्ख्या ४२ लाख २२ हजारबाट ४५ लाख ३० हजार पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणको ३६ औ वार्षिकोत्सवमा कार्यकारी निर्देशक कुलमान घिसिङले जारी गर्नु भएको प्रतिवेदनमा सामुदायिक संस्थातर्फका ५ लाख ५० हजार ग्राहक सहित विद्युत् उपभोग गर्ने कूल ग्राहकको सङ्ख्या ५० लाख ८० हजार पुगेको छ ।

समग्रमा आ.व. २०७७–७८ मा प्राधिकरणका जलविद्युत गृहबाट कुल २ अर्ब ८१ करोड युनिट विद्युत् उत्पादन भएको छ । यो आ.व.२०७६–७७ को उत्पादन ३ अर्ब २ करोड युनिटको तुलनामा ६.९६ प्रतिशतले घटी हो ।

आ.व.२०७६–७७ मा निजी क्षेत्रका विद्युत गृहहरूबाट २ अर्ब ९९ करोड युनिट विद्युत् प्राप्त भएकोमा गत आ.व.मा ८.३६ प्रतिशतले बढ्न गई ३ अर्ब २४ करोड युनिट प्राप्त भएको प्राधिकरणले जनाएको छ । गत आ.व.मा ६३.४५ प्रतिशतले बढी अर्थात् २ अर्ब ८२ करोड युनिट विद्युत् भारतबाट खरिद गरिएको छ ।

गत आ.व.मा प्रणालीमा ८ अर्ब ८७ करोड युनिट घण्टा विद्युत् उपलब्ध भयो । जुन, आ.व.२०७६–७७ मा ७ अर्ब ७४ करोड युनिटको तुलनामा १४.६८ प्रतिशत बढी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय