
काठमाडौ । सुजुकी एक्सचेञ्ज २०७८ शुरु गरिएको छ । सुजुकी इण्डियाद्वारा उत्पादित विश्व प्रसिद्ध जापानिज ब्राण्डको मोटरसाईकल र स्कुटर नेपालका लागि आधिकारिक बिक्रेता भि.जी. अटोमोवाईल्स प्रालिले आफ्ना ग्राहकको मागलाई मध्यनजर गर्दै साउन २८ देखि ५ भदौ सम्म मुलुकभर आफ्ना सबै आधिकारिक शोरुममा एक्सचेञ्ज शुरु गरेको हो ।
यस योजना अन्तर्गत कुनै पनि ब्राण्डका मोटरसाईकल वा स्कुटर एक्सचेञ्ज गरि सुजुकीको नयाँ मोटरसाईकल वा स्कुटर खरिद गर्न सकिनेछ । कुनै पनि मोटरसाईकल वा स्कुटरलाई एक्सचेञ्ज गर्दा बजार मुल्य भन्दा थप १५ हजार रुपैया प्रदान गरिने साथै नयाँ खरिदमा आकर्षक छुटको व्यवस्था रहेको कम्पनीले जनाएको छ ।
पछिल्लो समय युवा पुस्ता आकर्षित भईरहेको सुजुकी मोटरसाईकल तथा स्कुटरले राम्रो माईलेज दिने तथा अत्याधिक बलियो भएको तथा सुजुकीको नयाँ मोटरसाईकल वा स्कुटरमा ५ बर्षको वारेन्टी रहेको कम्पनीले जनाएको छ ।