२०८१ माघ २४ बिहीबार

काठमाडौं । इसेवाले एसईई उत्तीर्ण भएका विद्यार्थीलाई मध्यनजर गर्दै ‘शिक्षत युवा, समृद्ध भविष्य’ योजना सार्वजनिक गरेको छ । योजनामा पाँच सयभन्दा बढी विद्यार्थीले उच्च शिक्षाका लागि छात्रवृत्ति प्राप्त गर्नेछन् । योजना आगामी भदौ १५ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

छात्रवृत्ति विद्यार्थीले छानेका कलेजअनुसार भर्ना शुल्क तथा मासिक शुल्कमा प्राप्त गर्न सकिने बताइएको छ । विद्यार्थीले जेभियर इन्टरनेसनल, प्रिमियर कलेज, विद्या शंकर, ट्रिटन कलेज र टेक्सास इन्टरनेसनल कलेज, विराटनगरका बालकल्याण विद्या मन्दिर र लर्ड बुद्ध सेकेन्डरी स्कुलमा छात्रवृत्ति प्राप्त गर्ने कम्पनीले जनाएको छ । छात्रवृत्तिका लागि इसेवा मोबाइल एप तथा वेभमार्फत् इसेवा स्कलरसिप अप्सनमा गई आवेदन दिन सकिनेछ भने विद्यार्थीहरूले ३० रुपैयाँ भुक्तानी गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय