२०८१ माघ २५ शुक्रबार

काठमाडौं। सरकारले एकै दिन ११ अर्ब ६८ करोड राजस्व संकलन गरेको छ। आन्तरिक राजस्व र भन्सार महसुल गरी सरकारले यो रकम उठाएको हो।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार साउन २५ गते मात्रै सरकारले झन्डै पौनै १२ अर्ब रुपैयाँ राजस्व संकलन गरेको हो। प्रत्येक महिनाको २५ गते आन्तरिक राजस्व विभागले मूल्य अभिवृद्धि कर (भ्याट) र आयकरको विवरण पेश गर्ने समय दिएको हुन्छ।

यसैकारण पनि राजस्व धेरै संकलन हुने गर्दछ। यस्तै उकालो लागिरहेको आयातको ग्राफले पनि राजस्व संकलनमा सहयोग पुगिरहेको देखिन्छ। यो वर्ष सरकारले १० खर्ब ३८ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको छ। त्यसमध्ये चालु वर्षको २५ दिनमा सकारले ६१ अर्ब ५८ करोड राजस्व उठाइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय