२०८१ पुष २९ सोमबार

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी नारायणगढ शाखाले बीमित प्रनेश लामालाई घातक रोग वापत भुक्तानी हस्तान्तरण गरेको छ । उक्त शाखामा एक कार्यक्रम आयोजना गरी कम्पनीले लामालाई ५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

कम्पनीका शाखा प्रबन्धक अबिशेष चापागाईले उक्त चेक हस्तान्तरण गरेका हुन् । २०७६ साल असोज १७ मा निज लामाले कम्पनीमा ५ लाख बीमांकको १५ वर्षे जीवन बीमा गराएका थिए । निजको २०७७ साल माघ २९ मा क्यान्सर रोग प्रमाणित भए पश्चात निजले उपचार खर्च उपलब्धका लागी यस कम्पनीमा निवेदन पेश गरेसँगै कम्पनीले उक्त रकम दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर