
काठमाण्डौ । शेयर बजार परिसुचक नेप्से आइतवार शून्य दशमव ६६ अंकले बढेर ३ हजार १०८ दशमलव १२ विन्दुमा पुगेको छ ।
आइतवार रू. १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार बराबरको २ करोड ६९ लाख ९६ हजार ३१३ कित्ता शेयर कारोबार भएको छ ।सबै भन्दा बढी कारोवार अपि पावरको भएको छ ।कम्पनीको शेयरमूल्य पनि यस दिन १० प्रतिशत बढेको छ । कम्पनीको रू. ८१ करोड ९२ लाख २४ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।
बैंकिङ्ग क्षेत्रको परिसुचक शून्य दशमलव शून्य १ प्रतिशत,विकास बैंकको १ दशमलव ३२ प्रतिशत, वित्तको शून्य दशमलव ८१ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव शून्य ४ प्र्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव शुन्य २ प्रतिशत परिसूचक बढेको छ ।
निर्जीवन बीमा समहको परिसूचक सर्वाधिक १ दशमलव ३८ प्रतिशत घटेको छ भने लघुवित्तको १ दशमलव २७ प्रतिशत, होटल्स तथा पर्यटनको १ दशमलव शून्य ६ प्रतिशत, व्यापारिकको शून्य दशमलव ९९ प्रतिशत, अन्यको शून्य दशमलव ९६ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ५६ प्रतिशत र लगानी समूहको शून्य दशमलव शून्य ३ प्रतिशत परिसूचक घटेको छ ।