
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमित सूर्यबहादुर खड्काको मृत्युबापत एक करोड रुपैयाँ बीमांक रकम बराबरको रकम भुक्तानी गरेको छ ।
कम्पनीको प्रदेश १ स्थित शाखा कार्यालय गाईघाटबाट २०७६ को ३१ असारमा जीवन बिमा गरेका खड्काको गत १५ असारमा ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
कोरोना भाइरसको लक्षण देखिएपछि उनलाई हेलिकप्टरबाट ललितपुरस्थित मेडिसिटी अस्पतालमा ल्याइएको थियो । सो रकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले एक कार्यक्रबीच मृतक बीमितले इच्छाएको व्यक्ति निजकी श्रीमती सिर्जना खड्कालाई हस्तान्तरण गरेका थिए ।
प्रमुख कार्यकारी अधिकृत फुयाँलले कम्पनी सदैव बीमितको हित, बीमाको सरल सेवा प्रवाह, छिटो छरितो तवरमा दाबी भुक्तानी, जीवन बिमाको जनचेतना र न्यूनभन्दा न्यून आयस्रोत भएका समूहमा पहँुचका लागि कटिबद्ध रहेको जानकारी दिए ।