२०८१ पुष २९ सोमबार

काठमाडौं । नबिल बैंक र डीभी एक्सिलस (खेती एप) ले खेती फार्म प्लेटफर्ममा दर्ता भएका किसानका लागि कृषि रसायन, मेसिनरी तथा अन्य आवश्यकताका वस्तु खरिदका लागि सहज वित्तीय सेवा प्रदान गर्ने भएका छन् । उक्त रणनीतिक साझेदारीअन्तर्गत किसानलाई गुणस्तरीय बिउ र मल सुनिश्चित गर्न तथा सहज वित्तीय पहुँच प्रदान गर्न नबिल बैंक प्रमुख बैंकका रूपमा अघि बढेको छ । साथै किसानले डीभी एक्सिलसबाट प्राविधिक सहयोग र बजारको सुनिश्चितताबाट लाभ लिन सक्ने पनि बताइएको छ ।

सोसम्बन्धी सम्झौतापत्रमा नबिलका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र डीभी एक्सिलसका निर्देशक देवेश प्रधानले हस्ताक्षर गर्नुभएको छ । सो अवसरमा नबिल बैंकका नायब कार्यकारी अधिकृत सुजितकुमार शाक्य र बैंकका एसएमई तथा लघुवित्त प्रमुख निरज बस्नेत (डनिल) लगायतको उपस्थिति रहेको बैंकले जनाएको छ ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले भन्नुभयो, ‘नबिलले सदैव दिगो बैंकिङलाई प्राथमिकता दिँदै आएको छ र कृषि क्षेत्रमा लगानी गर्दा कृषि व्यवसायको दिगो विकासलाई सहयोग पुर्‍याउने विश्वास गर्छ, जुन नेपालको कुल गार्हस्थ्य उत्पादनको प्रमुख योगदान गर्ने क्षेत्र हो । हामी डीभी एक्सिलससँगको सहकार्यमार्फत् कृषकको आवश्यकताअनुसार कृषि कर्जा प्रदान गरी उनीहरूको उत्पादन क्षमता वृद्धि गर्दै देशको आर्थिक विकासमा योगदान पुर्‍याउने अभियानमा सहकार्य गर्न पाउँदा उत्साहित छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर