२०८२ चैत्र २९ आईतवार

काठमाडौँ । काठमाडौँ–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) सडक आयोजनामा गत आर्थिक वर्ष लक्ष्यको ९७.३५ प्रतिशत खर्च भएको नेपाली सेनाले जानकारी दिएको छ ।

सेनाले आयोजना गरेको पत्रकार सम्मेलनमा आयोजना प्रमुख सहायक रथी विकास पोखरेलले द्रुतमार्गको आर्थिक वर्ष ०७७–७८ को वार्षिक कार्य प्रगति स्थिति तथा चालु आव ०७८–७९ को वार्षिक कार्यक्रमबारे जानकारी दिनुभएको थियो ।

गत आवमा आठ अर्ब ९६ करोड ८८ लाख रुपैयाँ विनियोजन भएकोमा वार्षिक ९७.३५ प्रतिशत खर्च भएको जानकारी दिँदै आयोजना प्रमुख पोखरेलले आव ०७६–७७ सम्म समष्टिगत भौतिक प्रगति ११.११ प्रतिशत रहेकोमा गत आवमा थप ५.१० प्रतिशत काम सम्पन्न भएको बताउनुभयो ।

आयोजनाको स्वीकृत डीपीआर अनुसार १ खर्ब ७५ अर्ब रुपैयाँ लागत अनुमान रहेकोमा आयोजनाको सुरुबाट हालसम्म कूल बजेट खर्च २५ अर्ब ३९ करोड रुपैयाँ रहेको छ । आयोजनाको हालसम्मको भौतिक प्रगति १६.१० प्रतिशत रहेको छ ।

द्रुतमार्गको कूल लम्बाई ७२.५ किलोमिटरमध्ये तीन वटा सुरुङ मार्गको जम्मा लम्बाई ६.४१ किलोमिटर, विभिन्न पुलहरूको लम्बाई १०.५९ किलोमिटर र सडक खण्डको लम्बाई ५५.५ किलोमिटर रहेको आयोजना प्रमुख पोखरेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर