
प्रोग्रेसिभ फाईनान्स लिमिटेडले एसबी सल्युसन प्रा.लि (भगिनी संस्था डिजिहब प्रालि) सँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणालीलाई लाइभ गरेको छ । यसले इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने गर्दछ । प्रोग्रेसिभ फाईनान्सका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाई र एसबी सल्युसनका प्रमुख कार्यकारी अधिकृत सन्जोग मिश्रले आ–आफ्नो संस्थाको तर्फबाट सम्झौतामा हस्ताक्षर गरेका छन् ।
क्रेडिट–एक्सको थालनीसँगै, बैंकहरूले पूर्णरूपमा कागजनिर्भर ऋण कार्य प्रवाह गर्न सक्षम हुनेछन् । यसले प्रणालीभित्र जोखिम प्यारामिटरहरूको अनुगमन गरेर ऋण लिएका ग्राहकहरूसँग सम्बन्धित जोखिम न्यूनीकरण गर्नलाई पनि सहयोग पुर्याउनेछ । यो नयाँ तरिकले बैंकलाई द्रुत गतिमा ऋण प्रक्रिया पूरा गर्न मद्दत गर्दछ । प्रणालीले जमानत र गैरजमानत बेसलोन पनि प्रोसेस गर्ने गर्दछ ।
ऋण स्वचालन प्रणाली अन्तर्राष्ट्रिय मापदण्ड अन्र्तगत रहेको रेटिंगको दृष्टिकोणमा निर्माण गरिएको छ । यो स्वायत्त सिस्टम, प्रणालीले संचालित ग्राहकको उद्देश्य मूल्यांकनका साथै विषयगत प्यारामिटरहरूको मानकीकरणको रुपमा पनि रहेको छ । यस नयाँ प्रणाली कार्यान्वयन भएसाथै बैंक र अन्तका उपभोक्ताहरूले प्रशोधन र स्वीकृति प्रक्रियाको टर्न अराउन्ड समयमा ५० प्रतिशतभन्दा बढी कटौतीको अनुमानित लाभ लिन पाउनेछन् ।
प्रोग्रेसिभ फाईनान्स, राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतप्राप्त संस्थाहो । यस संस्थाले एक मजबुत र भरपर्दो बैंकको रूपमा स्थापित गर्ने प्रतिबद्धता लिएको छ । प्रोग्रेसिभ फाईनन्सको लगभग १ लाखभन्दा बढि ग्राहक रहेका छन् र देशभरि १५ भन्दा बढि शाखाहरु रहेका छन् ।
एस्.बी. सोलुसन्स्ले डिजिहबसँगको सहकार्यमा बैंक तथा वित्तीय संस्थाहरुमा कर्जा पक्रियालाई अटोमेसन तथा डिजिटाइजेसन गर्न क्रेडिट–एक्स नामक सफ्टवेयर जडान तथा इम्पिलीमेन्टेसन गर्दै आईरहेको छ । साथै पेमेन्ट अटोमेसन, एपीआई सर्भिसेस अटोमेसन तथा डिजिटाइजेसनको कामहरु पनि गर्दै आइरहेको छ ।