२०८१ माघ २ बुधबार

काठमाडौं। साताको सुरुवातमै सेयर बजारले ऐतिहाँसिक नयाँ उचाइ लिएको छ। हप्ताको पहिलो दिन शेयर बजार कारोबार मापक नेप्से उकालो लागेको छ । आइतबार नेप्से ५४ दशमलव ३१ अङ्कले बढेर तीन हजार ५८ दशमलव ६३ विन्दुमा पुगेको छ ।

यस अघि गत जेठ ३१ गते नेप्सेले ३०२५ बिन्दुको अल टाइम हाइ रेकर्ड बनाएको थियो। उक्त दिन एक लाख ७५ हजार कारोबारमा तीन करोड २० लाख कित्ता सेयर १९ अर्ब रुपैयाँमा किनबेच भएका थिए।

आइतबार भने एक लाख ३९ हजार ३४० कारोबारमा दुई करोड ४६ लाख कित्ता सेयर (म्युचुअल फण्डसहित चार करोड ३९ लाख ३९ हजार कित्ता) १४ अर्ब २३ करोड रुपैयाँमा किनबेच भएका छन्।

कारोबार रकमका हिसाबले भने जेठ ३० गते २० अर्ब रुपैयाँको सेयर किनबेच भइ सर्वाधिक कारोबारको रेकर्ड बनेको थियो। उक्त रेकर्ड भने अहिले पनि तोडिएको छैन।

बजारमा एकै दिन एक लाख ८१ हजार पटक सेयर किनबेच भएको रेकर्ड जेठ ३० गतेकै हो। त्यस्तै तीन करोड ३३ लाख ४५ हजार कित्ता सेयर किनबेच भएको रेकर्ड पनि जेठ ३० गते नै बनेको थियो।

उच्च बिन्दुको रेकर्ड तोडिए पनि यी कारोबार संख्या, कारोबार कित्ता लगायतका रेकर्डहरुको आसपास पनि बजार पुगेको छैन।

आइतबारको कारोबार रकम, कारोबार संख्या र कारोबार कित्ता जेठ ३० गतेको तुलनामा केही आधा भन्दा बढी र केही आधाभन्दा कम मात्रै छन्।

आइतबार नेपाल बैंकको सर्वाधिक करिब ५० करोड रुपैयाँको सेयर किनबेच भएको छ। ग्लोबल आइएमईको ४९ करोड ४७ लाख, एनसीसी बैंक ३४ करोड ७८ लाख, अरुण काबेली पावरको ३४ करोड र एनआइसी एसिया बैंकको समान ३३ करोड ८० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।

विशाल बजार कम्पनी, ङादी ग्रुप, सपोर्ट माइक्रोफाइनान्स, राधि विद्युत, पञ्चकन्या माइ हाइड्रो, जोशी हाइड्रो, युनिभर्सल पावर, कालिका पावर र हिमालयन ऊर्जा विकास कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो।

होटल र म्युचुअल फण्ड बाहेक सबै समूह हरियो भएको बजारमा धेरै पछि बैकिङ समूह सक्रिए भएको छ। बैंकिङ उपसमूह ७२ अंकले बढ्दा लघुवित्त समूह ८२ अंक र उत्पादन र जलविद्युत समूह समान ७१ अंकले बढेका छन्।

त्यस्तै निर्जीवन बीमा समूह ४८ अंकले बढेको छ भने जीवन बीमा समूह ३६ अंकले बढेको छ। फाइनान्स समूह समेत २४ अंकले बढेको छ।
२२३ कम्पनीको सेयर कारोबार भएकोमा १३६ कम्पनीको सेयर मूल्य बढेको छ। ७ कम्पनीको मूल्य स्थिर रहँदा बाँकी सबै कम्पनीको मूल्य घटेको छ।

मौद्रिक नीति सार्वजनिक गर्ने तयारी अन्तिम चरणमा पुगेको भएपनि अर्थमन्त्री जनार्दन शर्माले केही दिन पर्खन राष्ट्र बैंकलाई आग्रह गरेका थिए।

यसै बीचमा लगानीकर्ताहरुले अर्थमन्त्रीसँग भेट गरि पुँजी बजारको विकासका लागि पहलकदमि लिन आग्रह गरेका थिए। लगानीकर्तासँगको भेटमा मन्त्री शर्माले पुँजी बजारको विकसका लागि आफू सधैं तयार रहेको बताउँदै सुधारका लागि के के गर्नुपर्छ भन्दै लगानीकर्तासँग सुझाव मागेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय