२०८१ माघ ८ मंगलवार

ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/०७८ मा ४१ प्रतिशतले वासलात वृद्धि गरेको छ । बैंकले आज गत आ.ब.को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै ७१ अर्ब ६८ करोडको वासलातको आकार कायम भएको जनाएको हो ।

यस अवधिमा बैंकको शेयर पूँजी २ अर्ब ८७ करोड रहेको छ भने जगेडा तथा कोषहरुमा ४६ प्रतिशतको वृद्धिदर सहित १ अर्ब ५२ करोड सञ्चित रहेको छ । कोभिड १९ को असहज परिस्थितिमा समेत बैंकको निक्षेपमा ४२ प्रतिशतको वृद्धिदर सहित ६६ अर्ब ३४ करोड, कर्जामा ३२ प्रतिशत वृद्धिदर सहित ३५ अर्ब ९१ करोड पुगेको छ ।

बैंकले कर पश्चातको खुदनाफामा ४८ प्रतिशतको वृद्धिदर हासीलगर्दै १ अर्ब ६६ लाख कमाएको छ । यस संगै बैंक एक अर्बभन्दा माथि नाफा आर्जन गर्ने वित्तीय संस्थाहरुको क्लबमा समेत समावेश भएको छ । बैंकले यस आ.व. मा मात्र रु १ अर्ब ७४ करोड खुद ब्याज आम्दानी गरेको छ र यो गत आर्थिक वर्षको भन्दा ५८℅ ले बढी रहेको छ ।

पछिल्ला वर्षहरुमा बैंकको शाखा बिस्तार, व्यवसाय तथा वित्तीय आकारमा व्यापक वृद्धि देखिएको छ । पछिल्लो तिनवर्षको वित्तीय विवरण विश्लेषण गर्र्दा बैंकको वासलातमा २२७ प्रतिशत, शेयर पूँजीमा १७६ प्रतिशत, कर्जा लगानीमा १९० प्रतिशत, निक्षेप संकलनमा २३२ प्रतिशत र नाफामा २१० प्रतिशतको वृद्धिदर देखिएको छ । सहकारी क्षेत्रमा सबैभन्दा ठूलो वित्तीय परिचालन गर्ने बैंकको वित्तीय अवस्था क वर्गका केहि वाणिज्य बैंकहरु भन्दा समेत ठूलो र सुदृढ देखिएको छ ।

बैंकमा हाल देशभरिका ७७ जिल्लाका सबै प्रकृतिका सहकारी संघ÷संस्थाहरु गरी करिब १४ हजार सदस्यहरु रहेका छन् । बैंकले ७ वटै प्रदेशमा ६८ वटा शाखा कार्यालयमार्फत आफ्ना सदस्यहरुलाई सेवा दिइरहेको छ । सहकारी संघ/संस्थाहरुको प्रवद्र्धन, विकास एवम् बैंकिङ कारोवारको लागि सहकारी क्षेत्रको एक मात्र बैंकभएकाले पनिआफ्ना सदस्य सहकारी संघ/संस्थाहरुलाई दिने सेवामा सधै अब्बल रहने भन्दै सदस्यलाई दिने सेवामा कुनै कमी हुन नदिएकोले सोको सकरात्मक प्रभाव बैंकको व्यवसायमा परेको अध्यक्ष के.बी उप्रेतीले बताउनुभएको छ । बैंकको वर्तमान सञ्चालक समितिको कार्यकालभित्र नै एक खर्बको वित्तीय अवस्था कायम गर्ने लक्ष्य निर्धारण गरिएको र सहकरी क्षेत्रमा प्रविधिमैत्री सेवा उपलब्ध गराउने गरी बैंक अघि बढेको समेत उप्रेतीले जानकारी दिनुभयो ।

बैंकले पछिल्लो तिनवर्ष लगातार १५ प्रतिशतले लाभांश वितरण गर्दै शेयर सदस्यहरुको लगानीमा आकर्षक प्रतिफल प्रदान गरेको जनाउँदै बैंकमा कारोबार गर्ने सदस्य सहकारी संघ/संस्थाहरुलाई सहकारी ऐनको व्यवस्थाअनुसार बचत र कर्जा कारोबार गर्ने १२ हजार ४६ सदस्य सहकारी संघ÷संस्थाहरुलाई संरक्षित पूँजी फिर्ता कोषबाट रकम समेत वितरण गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय