२०८२ असार १ आईतवार

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको निमित्त प्रमुख कार्यकारी अधिकृतमा ईश्वर पोखरेल नियुक्त भएका छन् । कम्पनीका सीईओ विजयबहादुर शाहको कार्यकाल सकिएसँगै पोखरेल निमित्त सीईओ नियुक्त भएका हुन् । शाहको चार वर्षे कार्यकाल शनिबार सकिने भए पनि शुक्रबार नै विदाई भइसकेका छन् ।

ईश्वर पोखरेलले एमबीएसम्मको अध्ययन गरेका छन् । उनीसँग आर्थिक क्षेत्रमा काम गरेको ३४ वर्षको अनुभव छ । पोखरेलले सुरुमा एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको एकाउन्टेन्टको रुपमा क्यारियर सुरु गरेका थिए ।

त्यसपछि उनले तीन वर्ष नेपाल दूरसञ्चार संस्थानमा काम गरे । त्यहाँ छोडेपछि १० वर्ष नेपाल एसबीआई बैंकमा डेपुटी म्यानेजर, स्टाण्र्डर्ड चाटर्ड बैंकमा तीन वर्ष कम्प्लाइन्स एडभाईजर तथा रिलेशनसिप म्यानेजर, चौधरी ग्रुपको युनाईटेड फाइनान्समा महाप्रबन्धक तथा नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा नौ वर्ष दुई महिना काम गर्दै गत बर्ष नेपाल इन्स्योरेन्समा डेपुटी सीईओको रुपमा प्रवेश गरेका हुन् ।

यसबाहेक पोखरेलसँग विभिन्न क्याम्पस तथा विद्यालयमा १२ वर्ष पढाएको र भाइस प्रिन्सिपलसम्म भएको अनुभव पनि छ । राजधानीको बानेश्वस्थित मिनभवनमा रहेको नेपाल कर्मश क्याम्पसमा उनले फाइनान्स, बैक, बीमा विषय पढाउँथे । पोखरेल विभिन्न तालिममा प्रशिक्षकको रूपमा काम गर्ने गर्थे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय