
काठमाडौँ । नेपाल उद्योग परिसंघको अध्यक्षमा विष्णुकुमार अग्रवाल चुनिएका छन् । परिसंघको १८औं वार्षिक साधारणभाले अग्रवाललाई अध्यक्षमा चयन गरेको हो ।
यसअघि परिसंघको वरिष्ठ उपाध्यक्ष रहेका अग्रवाल स्वतः अध्यक्ष चयन भएका हुन् । रिष्ठ उपाध्यक्ष स्वतः अध्यक्षमा चयन हुने प्रावधानअनुसार नै उनलाई चयन गरिएको जनाइएको छ ।
उक्त साधारणभाले परिसंघमा ३७ जना राष्ट्रिय परिषद सदस्य समेत चयन गरेको छ । एमएडब्लु ग्रुप अफ कम्पनीजका प्रबन्ध निर्देशक समेत रहेका अग्रवालले यसअघि परिसंघकै पूर्वाधार विकास समितिको सभापतिमा रहेर समेत काम गरिसेका छन् ।
२१ वर्षको उमेरमा नै व्यवसायमा संलग्न भएका अग्रवालले ५० वर्षको उमेरमा परिसंघको अध्यक्ष पद सम्हाल्न पुगेका हुन् । उनी विभिन्न एक दर्जनभन्दा बढी कम्पनीको प्रमुख नेतृत्वमा रहेका छन् ।