काठमाडौ । संचलनमा रहेका सबै बाणिज्य बैकहरुले असार मसान्त सम्म ४२ खर्ब १ अर्ब ३९ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन । यो अवधिमा त्यस्ता बैकहरुले ३७ खर्ब २० अर्ब ७५ करोड रुपैयाँ कर्जा लगानी गरेका हुन । नेपाल बैंकर्स संघका अनुसार असार अन्तिम साता बैंकहरुले कर्जा लगानीको तुलनामा निक्षेप संकलन धेरैले बढाएका थिए ।
एक सातामा बैंकको निक्षेप संकलन ८२ अर्बले बढ्यो भने कर्जा लगानी ४२ अर्ब रुपैयाँमा मात्रै सिमित रहेको थियो । सो सम्वन्धमा निक्षेप संकलन भन्दा कर्जा प्रवाह बड्दा जोखिमको मात्रा पनि सोही अनुसार बढ्ने नेपाल बैंकर्स संघका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल शर्माले बताएका छन ।
कोरोना महामारीको अवधमिा बैंकका कर्जाको माग कम देखिएको थियो । असार अन्तिम साता सबै खाता बन्दा बन्दी गर्नुपर्ने भएकोले पनि कर्जाको माग कम भएको र निक्षेप बढेको आकलन बैसर्कहरुले गरेका छन । उक्त अवधिमा सबैभन्दा बढी निक्षेप संकलन गर्नेमा एनआईसी एसिया बैंक रहेको छ । बैंकले ३ खर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो ।
यो संगै ग्लोबल आईएमई बैंकले २ खर्ब ८३ अर्ब ३४ करोड, राष्ट्रिय वाणिज्य बैंकले २ खर्ब ६४ अर्ब १० करोड, नबिल बैंकले २ खर्ब २८ अर्ब १ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । सबैभन्दा कम निक्षेप संकलन गर्नेमा नेपाल बंगलादेश बैंक रहेको छ । बैंकले ८९ अर्ब ३८ करोड रुपैयाँ निक्षेप संकलन गरेको तथ्याकंले देखाएको छ ।
संघका अनुसार गत आवको अन्तिमसम्ममा बैंकिङ क्षेत्राबट ३७ खर्ब २० अर्ब ७५ करोड रुपैयाँ कर्जा लगानी भएको छ । जसमा सबैभन्दा बढी कर्जा लगानीगर्नेमा एनआईसी एसिया नै रहेको छ । बैंकले उक्त अवधिमा २ खर्ब ६४ अर्ब ८४ करोड रुपैयाँ लगानी गरेको थियो । यो संगै ग्लोबल आईएमईले २ खर्ब ४२ अर्ब ५० करोड रुपैयाँ लगानी गरेको छ । नबिल बैंकले २ खर्ब ५ अर्ब ६५ करोड रुपैयाँ लगानी गरेको छ ।
केन्द्रीय बैंकले गत आर्थिक वर्ष २०७७÷७८ को मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाको कर्जा स्रोत परिचालन अनुपात (सिसिडी रेसियो) ८५ प्रतिशत कायम गरेको थियो । कोभिड–१९ संक्रमणका कारण प्रभावित अर्थतन्त्र पुनरुत्थान गर्न बैंक तथा वित्तीय संस्थाहरुको साधन प्रवाह अभिवृद्धि गर्न सिसिडी रेसियोको सीमा २०७८ असार मसान्तसम्मको लागि ८० प्रतिशतबाट बढाई ८५ प्रतिशत कायम गरिएको हो । संघका अनुसार यो अवधिमा सिसीडी रेसियो ७७ दशमलब ३ प्रतिशत रहेको थियो ।
संघका अनुसार सबैभन्दा बढी सिसिडी रेसियो मेगा बैंकको रहेको छ । उक्त बैकको ८२ दशलमव शुन्य २ प्रतिशत उक्त रेसियो रहेको छ । एनआईसी एसियाको ८१ दशलमव १२, कुमारी बैंकको ८१ दशलमव शुन्य १,बंगलादेश बैंकको ६७ दशलमव ३७, राष्ट्रिय वाणिज्य बैंकको ६९ दशलमव ७४ र एभरेष्ट बैंकको ७२ दशमलब ६२ प्रतिशत रहेको छ ।
घरजग्गामा करिव २ खर्ब लगानी
बैंक तथा वित्तीय संस्थाले घर जग्गामा एक खर्ब ८० अर्ब ६१ करोड ३० लाख रुपियाँ लगानी गरेका छन । जेठ मसान्त सम्मको तथ्यांकमा सो कुरा देखिएको हो । असारको तथ्यांक आउन केही समय लाग्ने बैकर्स संघले भनेको छ । जबकी वैशाख सम्ममा बैंकहरूले १ खर्ब ८० अर्ब ६७ करोड ९० लाख रुपैया लगानी गरेकोमा जेठमा केही घटेको देखिन्छ भने असारमा यसमा केही बढने आकलन गरिएको छ । त्यसोत बैंकहरूले व्यक्तिगत आवासिय घर कर्जा डेड करोडभन्दा माथि २ खर्ब ८४ अर्ब ९५ करोड ९० लाख रुपैयाँ प्रवाह गरेका छन् । यस्तो कर्जा अघिल्लो वर्षको सोही अवधिमा दुई खर्ब ५७ अर्ब ३२ करोड २० लाख रुपियाँ रहेको थियो ।















