काठमाडौं । रिद्धि सिद्धि सिमेन्टले नेपाल गुणस्तरको ४३ ग्रेडको गुणस्तर मापदण्ड प्राप्त गरेको छ । ४३ ग्रेड नेपालमै उत्पादन हुने सिमेन्टहरूको सबैभन्दा उत्कृष्ट ग्रेड मध्येको एक हो ।
गुणस्तरको यो नयाँ मापदण्ड प्राप्त गरेसँगै रिद्धि सिद्धि सिमेन्टले गुणस्तरमा ठूलो उपलब्धि हासिल गदै यसले थप जिम्मेवारी बोध भएको कम्पनीले बताएको छ । कम्पनीले ४३ ग्रेडको गुणस्तर मापदण्ड प्राप्त गरेसँगै यसले आफ्ना ग्राहकहरुको गुणस्तर प्रतिको विश्वासलाई अझ मजबुत बनाउने कुरामा रिद्धि सिद्धि सिमेन्ट विश्वस्त छ ।
निर्माण कार्य गर्नुअघि सम्पूर्ण ग्राहकवर्गहरुलाई सिमेन्टको प्रयोग पूर्व वैज्ञानिक तवरले भौतिक परीक्षण गरी विश्वस्त बनाउने उद्देश्य सहित रिद्धि सिद्धि सिमेन्टले पहिलो पटक गत वर्ष ल्याएको थियो ।
“शिलान्यास रिद्धि सिद्धिसँग” नामक विशेष योजना जसलाई नयाँ वर्ष २०७८ मा पनि निरन्तरता दिएको थियो । तर, कोभिड–१९ को महामारीले निम्त्याएको प्रतिकूल परिस्थितिका कारण उक्त योजना स्थगित गरिएको थियो ।
केही हप्ता यता परिस्थिति सामान्य भएपछि कम्पनीले उक्त योजना पुनः सूचारु भएको जानकारी दिएको छ ।