२०८१ माघ २५ शुक्रबार

काठमाडौँ । आइएमई पे र ई–कमर्स प्लेटफर्म दराजवीच सम्झौता भएको छ । सम्झौता अनुसार दराजका सेवाग्राहीहरुले दराजबाट समान खरिद गर्दा आइएमई पेबाट सजिलै भुक्तानी गर्न सक्नेछन । साथै, साउन १ बाट शुरू हुने १ रुपैयाँ गेम र साउन ३ बाट शुरू हुने दराज महाबचत उपहार योजनामा सहभागी भइ आइफोन १२ लगायत थुप्रै उपहार प्राप्त गर्न सकिने छ । सम्झौता पत्रमा आइएमई पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास कुमार नाहाटा र दराज केमु प्रा.लि नेपालका प्रबन्ध निर्देशक लिनो ह्लेरिगले हस्ताक्षर गरेका छन ।

सम्झौता आदानप्रदान कार्यक्रममा आइएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष एवं आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले दराज जस्तो ई–कमर्श कम्पनी र आइएमई पे जस्तो डिजिटल भुक्तानी सेवा प्रदायकवीच भएको सहकार्यले नेपाल सरकारले अघि सारेको डिजिटल नेपाल अभियानमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।

साथै, प्रबन्ध निर्देशक ढकालले कोभिड– १९ ले प्रभावित साना तथा मझौला उद्योग व्यवसायलाई डिजिटल माध्यमबाट बजारसँग जोडि डिजिटल कारोबारको माध्यमबाट व्यवसायको अभिवृद्धिमा दराज र आइएमई पेले सक्दो भूमिका खेल्ने प्रतिवद्वता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय