२०८१ माघ २७ आईतवार

काठमाडौं। नेपाल राष्ट्र बैंकले मोबाइल एपको बेटा भर्सन सार्वजनिक गरेको छ। बुधबार आयोजित एक कार्यक्रममा राष्ट्र बैंककी डेपुटी गभर्नर डा. नीलम ढुङ्गाना तिम्सिनाले मोबाइल एपको शुभारम्भ गरेकी हुन्।

बैंकको वेबसाइटमा राखिएका नियमित सूचना, जानकारी, विदेशी विनिमय दर, अध्ययन प्रतिवेदन, तथ्याङ्कलगायतका सामग्रीहरू अब एपबाटै स्मार्टफोन प्रयोगकर्ताहरुले पाउन सक्ने बताइएको छ।

मोबाइल एपको प्रयोगबाट बैंकसँग सम्बन्धित सूचना र जानकारी सरोकारवाला तथा सर्वसाधारणको पहुँच अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा बैंकको छ।

एपलाई थप परिस्कृत गर्दै फुल भर्सन केही समय भित्रै सार्वजनिक गर्ने राष्ट्र बैंकको योजना छ। हाललाई मोबाइल एप एन्ड्रोइड प्लेस्टोरमा मात्रै उपलब्ध हुने बैंकले जनाएको छ। एपलाई एप्पलको एपस्टोरमा पनि छिट्टै उपलब्ध गराउने राष्ट्र बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय