काठमाडौं । गोर्खा इको प्यानलको उत्पादक इन्टरनेशनल ग्रीन डेभलोपर्स नेपाल प्रालिले गोर्खा इको प्यानलको प्रवद्र्धन गर्न श्रृखला खतिवडासँग गर्दै आएको सहकार्यलाई फेरि निरन्तरता दिएको छ । गोर्खा इको प्यानल हलुका इन्टरलकिंग प्रिफेब्रिकेटेड स्याण्डविच प्यानल हो ।
यसले इन्सुलेसन, वातावरणीय सुरक्षा एवं ऊर्जा संरक्षण जस्ता कार्यमा सहयोग पुर्याउदै आएको छ । त्यसैगरी गोर्खा इको प्यानल निर्माणका लागि लागतका हिसाबले समेत उपयुक्त भएको कम्पनीले जनाएको छ । यसका अतिरिक्त यी प्यानलहरु प्रयोग गर्न सकिने हुनाको वर्तमान समयमा बदलिरहेको मानवीय शैली र चाहनासँग समेत मेल खाने दाबी पनि कम्पनीको छ ।