काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले अहिले बैंकहरूमा अत्याधिक तरलता भएको बताउँदै त्यसलाई सही ठाउँमा लगानी गर्नुपर्नेमा जोड दिएका छन् । उनका अनुसार बैंकहरुमा हाल नौ सय अर्ब रूपैयाँ रहेको छ । उनले यसलाई कुन क्षेत्रमा परिचालन गर्ने भन्नेबारे सरकारले सोच्नुपर्ने बताएका छन् ।
नेपाल राष्ट्र बैंकको एक कार्यक्रममा गभर्नर पौडेलले बैंकहरूले राष्ट्र बैंकमा नौ सय अर्ब पैसा पार्क गरिरहेको उल्लेख गरे । उनले भने ‘हामीले निश्चित प्रतिशत ब्याजदर दिएर त्यसको व्यवस्थापन गरिरहेका छौं, सरकारले कुन क्षेत्रमा यो पुँजी परिचालन गर्ने हो, वातावरण बनाउनु पर्छ।’
उनले अब आउने सरकारले यस विषयमा केही न कही सोच बनाएर अगाडि बढ्ने विश्वास व्यक्त गरे। गउनले कृषि ऋण पर्याप्त मात्रामा नगएको उल्लेख गर्दै तोकिएको क्षेत्रमा पनि कर्जा नगएको बताए । उनले बैंकले दिने कर्जा गरिबी निवारणमा ठूलो सहयोगी हुने भएपनि बैंकहरूले सम्भाब्यता भएकै क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए ।
एक अर्को प्रशंगमा भर्नर पौडेलले इरान र इजराइलबीचको द्वन्द्वले नेपालमा तत्काल असर नदेखिए पनि यो द्वन्द्व लामो समयसम्म जाँदा पछि समस्या आउन सक्ने उल्लेख गरे । यस्तो द्वन्द्व लामो समयसम्म गएमा वैदेशिक रोजगारीमा समस्या आउने तथा विेदेशी मुद्राको सञ्चितिमा ह्रास आउन सक्ने र आपूर्ति श्रृंखलामा अवरूद्ध हुनसक्ने बताए ।















