२०८२ चैत्र १२ बिहीबार

काठमाडौं । वाणिज्य बैंकहरूले सडक दस्तुर तिर्ने प्रयोजनका लागि प्रिपेड कार्ड जारी गर्न सक्ने भएका छन् । केन्द्रीय बैंकले भुक्तानी प्रणालीको एकीकृत निर्देशन संशोधन गर्दै सडक दस्तुर भुक्तानी गर्न कार्ड जारी गर्न सक्ने व्यवस्था थप गरेको हो ।

बैंकको यो व्यवस्थापछि सडकमा यात्रा गर्ने क्रममा सवारीसाधनले तिर्नु पर्ने दस्तुर नगदमा दिनु पर्ने झन्झट हट्नेछ । साथै कार्ड मार्फत भुक्तानी गर्दा सरकारी राजस्वमा हुन सक्ने दुरुपयोग पनि नियन्त्रण हुने केन्द्रीय बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले आरएफआईडी चिप बेस्ड प्रिपेड ट्याग कार्ड जारी गर्न सक्ने व्यवस्था गरेको जनाएको छ । वाणिज्य बैंकले नेपाल सरकारले तोकेका सडक तथा सडक खण्डहरुमा चल्ने सवारी साधनहरुबाट सडक उपभोग दस्तुर संकलन गर्ने प्रयोजनका लागि उक्त कार्डको प्रयोग हुने केन्द्रीय बैंकको निर्देशनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय