गायक तथा सर्जक राममणि फुयाँलको शब्द तथा संगीतमा ‘झ्याइँ झ्याइँ बाजा’ बोलको निकै रमाइलो गीत सुजाता तिमल्सिनाले सार्वजनिक गरेकी छन् । राममणी फुयाँल र गायिका माण्डवी त्रिपाठीको आवाजमा रहेको यस गीतलाई संगीतकार तथा एरेन्जर विपिन आचार्यले उत्कृष्ट एरेन्ज गरेका छन् ।
बिएम म्युजिक रेकर्डिङ स्टुडियोमा अडियो रेकर्ड सम्पन्न भएको यस गीतको म्युजिक भिडियो स्वयं विपिन आचार्यले निर्देशन गरेका हुन् भने गीतको म्युजिक भिडियोमा अभिनयमा राममणी फुयाँल र अश्विनी शाहीलाई देख्न सकिन्छ ।
विजय रुम्बा लामाको छायांकन, सम्पादन र कोरियोग्राफीमा तयार भएको यस गीतलाई माण्डवी त्रिपाठी युटुब च्यानलमा हेर्न पाइन्छ ।















