२०८२ माघ १ बिहीबार

काठमाडौं । अमेरिकाको जोर्जिया राज्यको एट्ल्यान्टामा गत १३ डिसेम्बर २०२५ मा दक्षिणपूर्वी अमेरिकामा नेपाली संघ (NASEA) ले एक कार्यक्रमको आयोजना गरि गायिका तथा निर्माता सत्यकला राईलाई विशेष सम्मान प्रदान गरेको छ ।

सम्मान प्राप्ति पश्चात संस्थाका प्रथम अध्यक्ष, प्रथम नेपाल सरकारका पर्यटन दूत राजा घले र वर्तमान अध्यक्ष विद्या गुरुङ तथा संस्थाका सम्पूर्ण पदाधिकारीहरु प्रति सत्यकला राईले आभार व्यक्त गर्नु भएको छ ।

कार्यक्रममा नेपाली कला, संस्कृति र मनोरञ्जन क्षेत्रमा सत्यकला राईले पुराउँदै आएको योगदानको उच्च मूल्यांकन गर्दै सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ । यस अघि ५ डिसेम्बर २०२५ मा अमेरिकाको ओहाइयो राज्यको कलम्बसा ग्लोबल पिपल एलायन्स ‘जिपिए’ को आयोजना तथा कल्याण फाउन्डेशनको सह–आयोजनामा सम्पन्न कार्यक्रममा गायिका तथा निर्माता सत्यकला राईलाई शान्ति राजदूतको रुपमा बिशेष सम्मान गरिएको थियो ।

कार्यक्रम ओहाइयो राज्यका सिनेटरको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । सम्मान ग्रहण गर्दै राईले आफूलाई प्रदान गरिएको मान–सम्मानप्रति खुसी व्यक्त गर्नु भयो । उहाँले यस सम्मानले आफूलाई थप ऊर्जा, प्रेरणा र जिम्मेवारीको अनुभूति गराएको बताउनु भयो ।

आयोजक संस्थाहरूले नेपाली कला–संस्कृति, चलचित्र तथा सामाजिक सेवामा समर्पित व्यक्तित्वहरूको योगदानलाई उजागर गर्दै विश्वभर रहेका नेपाली समुदायलाई एकताबद्ध गर्न सत्यकला राईले महत्वपूर्ण भूमिका निर्वाह गरेको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर