२०८२ मंसिर २१ आईतवार

काठमाडौं – चालु आर्थिक वर्षको तीन महिनामा जीवन बीमा कम्पनीले ४९ अर्ब २२ करोड बराबर बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले ४९ अर्ब २२ करोड ९३ लाख बीमा शुल्क आर्जन गरेका हुन् ।

असोजसम्ममा सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्नेमा नेपाल लाइफ रहेको छ । सो कम्पनीले १३ अर्ब ४५ करोड ५० लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको हो । यस्तै, दोस्रोमा नेशनल लाइफले ५ अर्ब ६८ करोड ४७ लाख रुपैयाँ, तेस्रोमा एलआइसी नेपालले ४ अर्ब ९८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । यस्तै, राष्ट्रिय बीमा कम्पनीले ४ अर्ब ५३ करोड रुपैयाँ, हिमालयन लाइफले ४ अर्ब ४३ करोड रुपैयाँ, सूर्यज्योति लाइफले २ अर्ब ८८ करोड, एशियन लाइफले २ अर्ब २६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

यस्तै, सिटिजन लाइफले २ अर्ब १७ करोड रुपैयाँ, सानिमा रिलायन्स लाइफले १ अर्ब ८१ करोड, मेट लाइफले १ अर्ब ६६ करोड, आइएमई लाइफले १ अर्ब ५१ करोड, रिलायबल नेपाल लाइफले १ अर्ब ४५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । साथै, प्रभु महालक्ष्मी लाइफले १ अर्ब ४० करोड बीमाशुल्क संकलन गर्दा सन नेपाल लाइफले ९५ करोड ७२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर