२०८२ कार्तिक ६ बिहीबार

काठमाडाैं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा डेबिट कार्ड प्रयोगकर्ताहरूले १ करोड ८ लाख कारोबारमार्फत रु. ८७ अर्ब ३२ करोड बराबरको भुक्तानी गरेका छन्। यो तथ्याङ्क नेपाल राष्ट्र बैंकले साउन र भदौ महिनाका लागि सार्वजनिक गरेको आर्थिक–वित्तीय स्थितिबाट आएको हो।

त्यसैगरी, मोबाइल बैंकिङमार्फत ६ करोड २५ लाख कारोबारमा रु. ४ खर्ब ६८ अर्ब १५ करोड बराबरको भुक्तानी भएको छ। क्यु–आर कोड भुक्तानी प्रणालीमार्फत ४ करोड १० लाख कारोबारमा रु. १ खर्ब १ अर्ब २३ करोड बराबरको भुक्तानी भएको राष्ट्र बैंकले जनाएको छ। यसरी, डिजिटल भुक्तानी प्रणालीको प्रयोग निरन्तर बढिरहेको छ र डिजिटल वित्तीय कारोबारमा पनि उल्लेखनीय वृद्धिदेखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर