
काठमाडौं – जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०८१।८२ मा १ खर्ब ८१ अर्ब ४२ करोड ९९ लाख रुपैयाँ बढीको व्यापार गरेका छन । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १४ वटा जीवन बीमा कम्पनीले गत आर्थिक वर्षमा १ करोड ४१ लाख २ हजार ४८९ वटा बीमालेख बिक्री गरेर उक्त बीमाशुल्क आर्जन गरेका हुन्। अघिल्लो आर्थिक वर्ष २०८०।८१ मा कम्पनीहरुले १ खर्ब ५६ अर्ब ३३ करोड १४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए ।
गत आर्थिक वर्षमा नेपाल लाइफले ४८ अर्ब ३ करोड ८० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। जुन अघिल्लो आर्थिक वर्ष २०८०।८१ को तुलनामा १७.५९ प्रतिशतले बढी हो। अघिल्लो वर्षमा कम्पनीले ४० अर्ब ८५ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।
दोस्रोमा नेसनल लाइफ रहेको छ। यो कम्पनीले २२ अर्ब ४२ करोड ४४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षमा कम्पनीले १९ अर्ब २० करोड ३५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो।
तेस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसन एलआईसी नेपाल रहेको छ। अघिल्लो वर्षमा १८ अर्ब १० करोड ७५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेकोमा समीक्षा वर्षमा १०.०४ प्रतिशतले बढेर १९ अर्ब ९२ करोड ५५ लाख रुपैयाँ पुगेको छ।
यस्तै, हिमालयन लाइफले १७ अर्ब ६६ करोड ७ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ११ अर्ब १८ करोड ७३ लाख रुपैयाँ, एसियन लाइफले १० अर्ब २४ करोड ८४ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ९ अर्ब ८५ करोड ६६ लाख रुपैयाँ र सिटिजन लाइफले ७ अर्ब ५१ करोड १३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।
आइएमई लाइफले ५ अर्ब ६५ करोड २७ लाख रुपैयाँ, मेटलाइफले ६ अर्ब २५ करोड ८३ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले ५ अर्ब ३७ करोड १ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ५ अर्ब २८ करोड ४५ लाख रुपैयाँ र सन नेपाल लाइफले ५ अर्ब ४५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।