२०८३ बैशाख १६ बुधबार

काठमाडौं – जेठ र असार महिनामा स्थिरजस्तै रहेको ब्याजदर साउन महिनाका लागि फेरि घटेको छ । नेपाल राष्ट्र बैंकको दबाबपछि अधिकांश बैंकहरूले साउन महिनाका लागि घटाएर निक्षेप ब्याजदर सार्वजनिक गरेका छन् । राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै नीतिगत दरलाई ५ बाट ४.५ प्रतिशतमा झारेको घोषणा गर्‍यो । त्यस्तै स्थायी तरलता सुविधा दर ६.५ बाट ६ प्रतिशत र स्थायी निक्षेप सुविधा संकलन दर ३ बाट २.७५ प्रतिशतमा झारियो । यसले बैंकहरूलाई ब्याजदर घटाउनका लागि दबाब पुग्यो ।

त्यति मात्रै नभई असार महिना पूँजीगत खर्च बढी हुने महिना हो । वर्षभरिको कुल पूँजीगत खर्चमा असार महिनामा मात्रै ३२ प्रतिशत खर्च भएको छ । यसले पनि ब्याजदर थप घट्न गएको बैंकर बताउँछन् ।

असारको तुलनामा साउनमा १४ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ४ ले स्थिर राखेका छन् । त्यस्तै २ बैंकले भने बढाएका छन् । प्रकाशित ब्याजदरअनुसार स्ट्यान्डर्ड चार्टर्ड र हिमालयन बैंकले मात्र ब्याजदर बढाएका छन् । माछापुच्छ्रे, ग्लोबल आईएमई, एनएमबि र सिद्धार्थले भने निक्षेपमा दिने अधिकतम ब्याजदर हेरफेर गरेनन् । प्रकाशित ब्याजदरअनुसार निक्षेपमा सबैभन्दा ब्याज स्ट्यान्डर्ड चार्टर्डले दिनेछ भने सबैभन्दा कम प्रभु बैंकले दिने भएको छ ।

बैंक असारको ब्याजदर % साउनको ब्याजदर %
कृषि विकास ५.४५ ५.४०
एभरेस्ट ६.५५ ६.२५
नेपाल ५.४५ ५.४०
लक्ष्मी सनराइज ५.७५ ५.५०
माछापुच्छ्रे ६.०० ६.००
एनआईसी एसिया ६.५५ ६.२५
प्रभु ६.१० ४.२५
स्टान्डर्ड चार्टर्ड ६.२५ ६.२६
राष्ट्रिय वाणिज्य ६.०० ५.५०
नबिल ५.७५ ५.५०
ग्लोबल आईएमई ६.०० ६.००
सिद्धार्थ ५.७५ ५.७५
प्राइम कमर्सियल ६.२५ ६.००
कुमारी ५.७१ ५.४१
सानिमा ६.३३ ६.१८
हिमालयन ५.५० ६.००
नेपाल एसबीआई ५.५० ५.३५
इन्भेस्टमेन्ट मेगा ५.५० ५.२५
एनएमबी ६.०० ६.००
सिटिजन्स ५.६५ ५.५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर