२०८१ फाल्गुन १ बिहीबार

काठमाडौँ । चालु आर्थिक वर्षको असार २१ गते सम्ममा बजेटले लिएको खर्चको लक्ष्य मध्ये ७१. १२ प्रतिशत रकम खर्च भएको छ । यस दिन सम्ममा नेपाल सरकारको समग्र खर्च १० खर्ब ४८ अर्ब रुपैयाँ बराबरको भएको छ । कुल खर्चमध्ये चालु तर्फको ७ खर्ब ९२ अर्ब अर्थात् ८३.७९ प्रतिशत र पुँजीगततर्फ १ खर्ब ६८ अर्ब अर्थात् ४७.७१ प्रतिशत खर्च भएको छ ।

यस अवधिमा वित्तीय व्यवस्थापनतर्फ ८५ अर्ब २८ करोड अर्थात् ४९.३६ प्रतिशत खर्च भएको महालेखा नियन्त्रकको कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले बताउनु भयो ।

आर्थिक वर्ष सकिन ९ दिन बाँकी रहँदा सरकारको खर्चको गति बढेको छ । असार महिना सुरु भएपछि एकै दिनमा १० अर्बभन्दा बढी सम्म खर्च हुन थालेको थियो ।

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार असार महिनाको २१ दिनमा सरकारले १ सय ३० अर्ब खर्च गरेको छ । यो वर्ष सरकारले १४ खर्ब ७४ अर्ब खर्च गर्ने लक्ष्यका साथ बजेट ल्याएको थियो ।

दैनिक १० अर्ब खर्च
बिकास खर्च निर्धारीत समयमा हुन नसकेपछि असारको अन्तिममा आएर दैनिक १० अर्ब रुपैया सम्म खर्च हुन थालेको छ । २० असारमा सरकारले ९ अर्ब ४८ करोड रुपैयाँ खर्च गरेको थियो । २१ असारमा ११ खर्ब रुपैयाँ खर्च गरेको गरेको तथ्याक महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको दैनिक बजेटरी स्थितीले देखाएको छ । सोही अनुसार अझै सरकारको खर्च बढ्ने अवस्था देखिएको हो । सरकारले लक्ष्यको ७१ प्रतिशत मात्रै रकम खर्च गरेको छ ।

चालू आर्थिक वर्षमा १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको थियो । तर अहिलेसम्म १० खर्ब ४८ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ । त्यस्तै राजस्व भने लक्ष्यको नजिक पुगेको छ । १० खर्ब ११ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य लिएकोमा ८ खर्ब ५ अर्ब रुपैयाँ संकलन भएको छ ।

सरकारी खर्च बढेपछि पछिल्लो समय देखिएको तरलता अभाव केही कम भएको छ । असारमा सरकारी भुक्तानी बढी हुने हुँदा पछिल्लो समय बजारमा देखिएको लगानीयोग्य रकमको अभावमा यस्ले सहयोग पु¥याएको छ । असारको सुरुमा बैंकमा तरलतामा अभाव देखिन थालेकोमा बैंकहरुले निक्षेपलाई आकर्षण गर्नको लागि ब्याजदर बढाएका थिए । तर अहिले सरकारी खर्च त्यस्तो अवस्था रहेको छैन ।

सरकारको पहिले नै पूरा भएको आयोजनाहरुको समेत यही महिना हिसाबमिलान हुन्छ । सोही कारण यो महिना सरकारको खर्च आँकडामा उच्च देखिने गरेको छ । असार अन्त्य हुँदै गर्दा दिनप्रतिदिन सरकारी खर्च बढेको छ । जसको कारण अहिले बैंकहरुमा समेत निक्षेप बढिरहेको छ ।

नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्याक अनुसार एक सातामा नै बैंकहरुको निक्षेप ४७ अर्ब रुपैयाँले बढेको हो । बैंक तथा वित्तीय संस्थाको अघिल्लो साता ३९ खर्ब ९९ अर्ब रुपैयाँ रहेकोमा अहिले निक्षेप ४० खर्ब ४६ अर्ब रुपैयाँ पुगेको संघले बताएको छ । संघले १८ असार सम्मको मात्रै तथ्यांक सार्वजनिक गरेको हो । जस अनुसार १२ देखि १८ सम्म बैंक तथा वित्तीय संस्थामा ४७ अर्ब रुपैयाँ निक्षेप जम्मा भएको छ । त्यसपछि सरकारको खर्च अझै तीव्र रुपले बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय