२०८३ बैशाख १० बिहीबार

काठमाडाैं । चालु आर्थिक वर्षको पहिलो १० महिनामा वाणिज्य बैंकहरुले कर्मचारी तलबभत्तामा ४८ अर्ब ४२ करोड रुपैयाँभन्दा बढी खर्च गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार, वैशाख मसान्तसम्म २० वटा वाणिज्य बैंकहरुले जम्मा ४८ अर्ब ४२ करोड ४८ लाख रुपैयाँ तलबभत्तामा खर्च गरेका हुन्, जुन अघिल्लो वर्षको सोही अवधिमा गरिएको ४५ अर्ब ५४ करोड २९ लाख रुपैयाँको तुलनामा ६.३३ प्रतिशतले बढी हो।

सबैभन्दा धेरै तलबभत्तामा खर्च गर्ने बैंकको सूचीमा राष्ट्रिय वाणिज्य बैंक अगाडि छ। बैंकले १० महिनामा ३ अर्ब ५२ करोड ९८ लाख रुपैयाँ तलबभत्तामा खर्च गरेको छ, यद्यपि अघिल्लो वर्षको तुलनामा यो २.३६ प्रतिशतले घटेको हो।

त्यसपछिको स्थानमा कुमारी बैंक रहेको छ, जसले ३ अर्ब ३७ करोड ६५ लाख रुपैयाँ खर्च गरेको छ। कुमारीको खर्च पनि अघिल्लो वर्षको तुलनामा १.४ प्रतिशतले घटेको देखिएको छ। ग्लोबल आइएमई बैंकले तेस्रो स्थानमा रहँदै ३ अर्ब १५ करोड २५ लाख रुपैयाँ खर्च गरेको छ। अघिल्लो वर्षको तुलनामा यस बैंकको तलबभत्ता खर्च ३.८ प्रतिशतले बढेको छ।

अन्य धेरै खर्च गर्ने बैंकहरूमध्ये

-लक्ष्मी सनराइज बैंक – ३ अर्ब १९ करोड ८४ लाख

-प्रभु बैंक – ३ अर्ब १२ करोड ११ लाख

-नेपाल बैंक – ३ अर्ब ११ करोड ७ लाख

-नबिल बैंक – ३ अर्ब १० करोड ९ लाख

-कृषि विकास बैंक – ३ अर्ब ८ करोड २४ लाख

यीमध्ये लक्ष्मी सनराइज, नेपाल बैंक र कृषि विकास बैंकको खर्चमा वृद्धि देखिएको छ भने प्रभु र नबिलको खर्च घटेको छ।

वृद्धिदरको हिसाबले एनएमबि बैंक सबैभन्दा अगाडि देखिएको छ। तलबभत्ता खर्च गर्ने अन्य बैंकहरुको स्थिति यसप्रकार छ:

एनआईसी एसिया – २ अर्ब ८१ करोड ५९ लाख

हिमालयन बैंक – २ अर्ब ७४ करोड ८५ लाख

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक – २ अर्ब ६३ करोड ९१ लाख

एनएमबि बैंक – २ अर्ब ४७ करोड ९२ लाख

सिद्धार्थ बैंक – २ अर्ब २९ करोड ५२ लाख

माछापुच्छ्रे बैंक – १ अर्ब ७५ करोड ७७ लाख

एभरेस्ट बैंक – १ अर्ब ५० करोड ८ लाख

सिटिजन्स बैंक – १ अर्ब ४४ करोड ६ लाख

प्राइम बैंक – १ अर्ब ४२ करोड ३६ लाख

सानिमा बैंक – १ अर्ब ३६ करोड २६ लाख

नेपाल एसबीआई बैंक – १ अर्ब २९ करोड ३८ लाख

स्ट्यान्डर्ड चार्टर्ड बैंक – ८७ करोड ४० लाख (घटेको बैंक)

२० मध्ये १५ वटाको तलबभत्ता खर्च बढ्दा ५ वटाको भने घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर