२०८२ असार २९ आईतवार

काठमाडौं – भारतको अहमदाबादमा बिहीबार भएको एयर इन्डिया विमानको विनाशकारी दुर्घटनाले भारतीय एयरलाइन्ससँग सम्बन्धित अहिलेसम्मकै सबैभन्दा महँगो उड्डयन बिमा दाबी निम्त्याउने सम्भावना देखिएको छ । बिमा दाबी रकम १२ करोड अमेरिकी डलरभन्दा बढी पुग्न सक्ने अनुमान गरिएको घटनासँग परिचित व्यक्तिहरुलाई उद्धृत गर्दै इकोनोमिक टाइम्सले लेखेको छ ।

अनुमानित बिमा भुक्तानीमध्ये विमानको मूल्य (हल लस) मात्र लगभग ८ करोड डलर हुने अनुमान गरिएको छ । यस्तै, यात्रु क्षतिपूर्ति (प्यासेन्जर लाइबिलिटी कम्पेन्सेसन) ३ करोड देखि ५ करोड डलरको बीचमा थपिन सक्ने बताइएको छ । एयर इन्डियाले आफ्नो सम्पूर्ण फ्लिटको २० अर्ब डलर बराबरको उड्डयन बिमा कार्यक्रममार्फत बिमा गरेको छ ।

यसमा हल (विमानको मूल्य) र लायबिलिटी (उत्तरदायित्व) कभरेज केही जोखिमको अन्डरराइटिङ गरिरहेको टाटा समूहअन्तर्गतको कम्पनी टाटा एआइजी र अन्य स्वदेशी बिमकहरुमा विभाजन गरिएको छ । पुनर्बिमा संरचना एक अन्तर्राष्ट्रिय कन्सोर्टियमले नेतृत्व गरेको छ । जसमा एआइजी प्रमुख रहेको छ भने न्यू इन्डिया एस्युरेन्स र जीआइसी रि जस्ता सार्वजनिक संस्थाहरुको पनि सहभागिता छ ।

दुर्घटनापछि न्यू इन्डिया एस्युरेन्स र जीआइसी रि दुवैको सेयर मूल्य क्रमशः ४ प्रतिशत र ३ प्रतिशतले घटेको छ । दुर्घटनामा परेको विमान बोइङ ७८७(८ ड्रीमलाइनरको सन् २०२१ मा १५ करोड डलरमा रिन्सुरेन्स गरिएको थियो । बुधबार भारतको पश्चिमी शहर अहमदाबादबाट २४२ जना सवार एयर इन्डियाको विमान उडान भरेको केही मिनेटमै दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा विमानमा सवार २४१ जनासहित कम्तिमा २९० जनाको मृत्यु भएको अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय