२०८२ असार २९ आईतवार

काठमाडौं : निर्जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको १० महिनामा करिब ३६ अर्ब रुपैयाँ बढी बिमा शुल्क संकलन गरेका छन् । नेपाल बिमा प्राधिकरणको वैशाख मसान्तसम्मको तथ्यांक अनुसार १४ निर्जीवन बिमा र ४ वटा लघु बिमा कम्पनी गरी १८ वटा निर्जीवन बिमा कम्पनीहरुले कुल ३५ अर्ब ८६ करोड ५० लाख ४८ हजार रुपैयाँ बिमा शुल्क संकलन गरेका हुन् ।

वैशाख मसान्तसम्ममा १४ बिमा कम्पनीहरुले ३५ अर्ब ९ करोड ८० लाख ९६ हजार रुपैयाँ र ४ वटा लघु निर्जीवन बिमा कम्पनीहरुले ७६ करोड ६९ लाख ५२ हजार रुपैयाँ बिमा शुल्क संकलन गरेका हुन् । यस अवधिमा शिखर इन्सुरेन्सले सबैभन्दा धेरै ४ अर्ब ६८ करोड १८ लाख रुपैयाँ बिमा शुल्क आम्दानी गरेको छ । दोस्रोमा सगरमाथा लुम्बिनीले ४ अर्ब ४ करोड १५ लाख रुपैयाँ बिमा शुल्क आम्दानी गरेको छ ।

नेसनल इन्सुरेन्स कम्पनीले भने सबैभन्दा थोरै ९२ करोड ९९ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । लघु निर्जीवन बिमा कम्पनीमध्येमा भने नेपाल माइक्रो इन्सुरेन्सले सबैभन्दा धेरै २१ करोड ५२ लाख रुपैयाँ बिमा शुल्क आम्दानी गरेको छ । यता, यस अवधिमा यी १८ कम्पनीहरुले कुल २६ लाख ६६ हजार ८८७ वटा बिमा लेख जारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय