२०८१ माघ २ बुधबार

काठमाडौं । डाबर नेपालले नयाँ जुस ‘रियल इम्युनो म्यांगो प्लस’ बजारमा ल्याएको छ । यो नेपालकै पहिलो ‘फोर्टिफाइड जुस’ रहेको कम्पनीले जनाएको हो । फोर्टिफाइड जुस विश्वभरि नै उपलब्ध भए पनि नेपालको लागि यो बिलकुलै नयाँ उत्पादन भएको कम्पनीले जनाएको छ । ‘परिवारको रोग प्रतिरोधात्मक शक्तिको आवश्यकताबारे गरिएको बजार अनुसन्धानबाट रियल इम्युनो म्यांगो प्लस तयार पारिएको हो’ कम्पनीले भनेको छ ।

डाबर नेपालका प्रमुख एचएस बेदीले ग्राहकलाई सन्तुष्टि दिन आफ्ना उत्पादन बृहत् बनाउँदै नेपालको नम्बर १ जुस उत्पादक डाबर नेपाल निरन्तर नयाँ उत्पादन बजारमा ल्याउन तत्पर रहेको बताएको छ । ‘कोभिड–१९ को अवस्थामा ग्राहकले रियल इम्युनो म्यांगो प्लसको अवधारणलाई समयानुकूल मानेर ज्यादै सराहना गरेका छन्’ डाबर नेपालले भनेको छ । फोर्टिफाइड म्यांगो जुसको १८० एमएलको मूल्य ३० र एक लिटर प्याकको मूल्य २ सय ५० रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय