
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) कोे २८औँ वार्षिक साधारणसभा आइतबार कम्पनीका अध्यक्ष मनोहरदास मुलको सभापतित्वमा काठमाडौंमा सम्पन्न भएको छ । कम्पनी आर्थिक वर्ष २०८०/८१ मा चार अर्ब ७९ करोड बीमाशुल्क आर्जन गर्न सफल भएको छ । जुन आर्थिक वर्ष २०७९/८० वर्षको तुलनामा चार प्रतिशतले वृद्धि हो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा खुद ३१ प्रतिशत बढी मुनाफा आर्जन गर्न सफल भएको छ । त्यसैगरी अघिल्लो आर्थिक वर्षको दाबी भुक्तानी दुर्र्ई अर्ब ३८ करोडकोे तुलनामा गत आर्थिक वर्षमा दुर्र्ई अर्ब ८३ करोड दाबी भुक्तानी गरेको छ ।
सो अवसरमा कम्पनी अध्यक्ष मुलले सगरमाथा लुम्बिनी इन्स्योरेन्सको व्यवसायलगायतका अन्य कामकारबाहीबारेमा सेयरधनीलाई विस्तृत रूपमा जानकारी गराउनुभएको थियो । साधारणसभाले सञ्चालक समितिको सिफारिसबमोजिम सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने, सञ्चालक समितिको प्रस्तावबमोजिम सञ्चालक समितिको बैठक भत्ता वृद्धिलगायत सामाजिक उत्तरदायित्वअन्तर्गत भुक्तानी गरिएको रकम अनुमोदन प्रस्ताव पनि पारित गरेको छ ।