२०८२ असार २९ आईतवार

काठमाडौं : चालु आर्थिक वर्ष २०८१–८२ को ९ महिना अर्थात चैत मसान्तसम्ममा जीवन बिमा कम्पनीहरुले १ खर्ब २७ बढी बिमाशुल्क आर्जन गरेका छन् । १४ वटा जीवन बिमा तथा ३ लघु जीवन बिमा कम्पनीहरुले चैत मसान्तसम्ममा कुल १ खर्ब २७ अर्ब ३ करोड ६९ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेको नेपाल बिमा प्राधिकरणको तथ्यांकले देखाएको छ ।

बिमा प्राधिकरणको तथ्यांक अनुसार चैतसम्ममा १४ जीवन बिमा कम्पनीले वैदेशिक रोजगार बाहेकको प्रथम बिमा शुल्क २४ अर्ब ४० करोड १ लाख रुपैयाँ संकलन गरेका छन् । यस्तै, वैदेशिक रोजगार बिमा शुल्क २ अर्ब २३ करोड ३ लाख तथा नवीकरणबापत ९९ अर्ब ५५ करोड ७ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेका हुन् ।

यता, ३ वटा लघु जीवन बिमा कम्पनीहरुले ४८ करोड ६१ लाख प्रथम बिमा शुल्क, ३५ करोड ७० लाख वैदेशिक रोजगार बिमा शुल्क तथा नवीकरणबापत १ करोड २४ लाख रुपैयाँ बिमा शुल्क संकलन गरेका छन् । लघु जीवन बिमकले ९ महिनामा कुल ८५ करोड ५६ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेका छन् ।

चैत मसान्तसम्म बिमा शुल्क संकलनको हिसाबले नेपाल लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसले ३३ अर्ब १ करोड रुपैयाँ बढी बिमा शुल्क संकलन गरेको छ । दोस्रो स्थानमा रहेको नेसनल लाइफले १५ अर्ब ६४ करोड रुपैयाँ बढी बिमा शुल्क आर्जन गरेको छ । त्यस्तै, तेस्रामा एलआइसी नेपालले १४ अर्ब ३ करोड रुपैयाँ बढी बिमा शुल्क आर्जन गरेको छ ।

यता, प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार चैतमा मात्रै १४ वटा जीवन बिमा कम्पनीहरुले १ खर्ब ६५ अर्ब १३ करोड ८७ लाख रुपैयाँ बिमांक रकम बराबरको ५ लाख ७ हजार ६१५ वटा बिमा लेख बिक्री गरेका छन् । यस्तै, ३ वटा लघु जीवन बिमा कम्पनीहरुले चैतमा मात्रै १० अर्ब ८९ करोड ५२ लाख रुपैयाँ बिमांक रकम बराबरको ७० हजार ८६३ वटा बिमा लेख जारी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय