२०८२ बैशाख ५ शुक्रबार

काठमाडौँ । बैंकहरुको कर्जा प्रवाह र निक्षेप संकलन दुवै बढेका पाइएको छ । राष्ट्र बैंकको चैत ९ र १० गतेको तथ्यांकलाई नियाल्दा बैंकिङ्ग निक्षेपसँगै कर्जा प्रवाहमा पनि वृद्धि भएको देखाएको हो । राष्ट्र बैंकको तथ्यांकअनुसार चैत ९ गते ६७ खर्ब ५४ अर्ब निक्षेप संकलन भएकोमा भोलिपल्ट बढेर ६७ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ ।

उक्त समयमा बैंकहरुले संकलन गर्ने निक्षेपमा पनि २ अर्बको वृद्धि देखिएको छ । चैत ९ गते ६० खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा भोलिपल्ट बढेर ६७ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ । सो अवधिमा कर्जा प्रवाहमा पनि २अर्बको वृद्धि देखिएको छ । ९ गते ५४ खर्ब ५४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा भोलिपल्ट २ अर्बले बढेर ५४ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको छ ।

सो समयमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जामा १ अर्बको वृद्धि देखिएको छ । ९ गते ४८ खर्ब ४१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा ४८ खर्ब ४२ अर्ब रुपैयाँ प्रवाह भएको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार सो समयमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत र सिडी रेसियो ७९ दशमलव ३६ प्रतिशत रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय