
काठमाडाैं । कोभिड १९ को दोस्रो लहरले निम्त्याएको असहज परिस्थिति र निराशालाई मध्यनजर गर्दै जीवनयापन सहजबनाउँदै अघि बढ्न टिभिएसले ‘साथ् छ हाम्रो योजना’ सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत टिभिएसको कुनैपनि मोटर्साइकलवा स्कुटरको खरिदमा ८ हजार छुट पाइने छ ।
यसै गरि किस्ताबन्दीमा मोटरसाइकल वा स्कुटर किन्न इच्छुक व्यक्तिहरुको लागि सिमित अवधिसम्म ० प्रतिशत व्याजदरको समेत विशेष सुविधा रहेको छ । टिभिएसका सम्पूर्ण मोटरसाइकल वा स्कुटरमा ५ बर्षको वारेन्टी रहेको छ ।
जगदम्बा मोटर्सप्रालि नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एक मात्र आधिकारिक वितरक हो । नेपालभर १०० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थानजमाउन सक्षम भएको छ ।
गुणस्तरीय उत्पादनहरु,बिक्रीपश्चात्को व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत् उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दाज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको छ ।