काठमाडौं । बैंकहरुमा कर्जाको ब्याजदर निरन्तर घटिरहेको छ । आर्थिक गतिविधि बढ्न नसकेर कर्जाको माग सुस्त हुँदा लगानीयोग्य रकम(तरलता) थुप्रिएसँगै बैंकहरुले घटाउँदै आएको निक्षेपको ब्याजदरले लागत घटेर आधार दर तल आएको छ ।
बैंकहरुले पछिल्लो डेढ वर्षयता निक्षेपको ब्याजदर घटाउँदै आएका छन्। जसले गर्दा आधार दर घटेको हो। अहिले तीनवटा वाणिज्य बैंकको आधार दर ६ प्रतिशतभन्दा तल छ।
स्ट्याण्डर्ड चार्टर्ड, एभरेष्ट र राष्ट्रिय वाणिज्य बैंकको बेस रेट ६ प्रतिशतभन्दा तल आएको हो। स्ट्याण्डर्ड चार्टर्डको आधार दर ५.११ प्रतिशतमा आइपुगेको छ। त्यसैगरी राष्ट्रिय वाणिज्य बैंकको ५.४४ र एभरेष्ट बैंकको ५.६३ प्रतिशतमा झरेको छ।
आधार दर घट्नु भनेको ऋणको ब्याजदर सस्तो हुनु हो। बैंकहरुले आधार दरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थपेर ऋण दिन्छन्।कर्जाको माग अपेक्षाजनक रुपमा बढ्न नसकेका कारण बैंकहरुले ०.१० प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जा दिइरहेका छन्।
वाणिज्य बैंक फागुनको आधार दर
एनएमबि ६.७३
नबिल ६.१७
कुमारी ७.१२
नेपाल ६.१२
कृषि विकास ६.६३
प्रभु ६.८७
सानिमा ६.७६
प्राइम कमर्सियल ७.१६
लक्ष्मी सनराइज ७.१३
एनआईसी एसिया ७.५३
राष्ट्रिय वाणिज्य ५.४४
माछापुच्छ्रे ६.९०
ग्लोबल आइएमई ६.७४
स्ट्यान्डर्ड चार्टर्ड ५.११
नेपाल एसबिआई ६.९७
एभरेस्ट ५.६३
नेपाल इन्भेष्टमेन्ट ६.४१
सिटिजन्स् ७.२९
सिद्धार्थ ६.९०
हिमालयन ७.०६















