२०८१ माघ ११ शुक्रबार

काठमाडौं। नेपाल प्रहरीमा रहेकाहरुले राष्ट्रिय वाणिज्य बैंकबाट सहुलियतपूर्ण ऋण पाउने भएका छन्। बैंकमा नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालन हुने छ। खातामा आगामी ५ वर्षसम्म सञ्चालन हुने छ। साथै प्रहरी कर्मचारीले बैंकबाट बिना धितो कर्जा पाउने छन्।

समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक निरजबहादुर शाहीले हस्ताक्षर गरेका छन्। हस्ताक्षर कार्यक्रममा श्रेष्ठले कोभिड–१९ को विषम परिस्थितिमा प्रहरी कर्मचारीहरूको स्वास्थ्य हितका लागि १० हजार थान सर्जिकल मास्क र सेनिटाइजर हस्तान्तरण गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय