
काठमाडौं – सञ्चालनमा रहेका २ वटा पुनर्बिमा कम्पनीहरुले विभिन्न क्षेत्रमा ४० अर्ब ६३ करोड ६२ लाख रुपैयाँ भन्दा धेरै लगानी गरेका छन् । नेपाल बिमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्म नेपाल पुनर्बिमा कम्पनीले विभिन्न क्षेत्रमा २१ अर्ब १० करोड ७८ लाख र हिमालयन रिइन्सुरेन्सले १९ अर्ब ५२ करोड ८४ लाख रुपैयाँ लगानी गरेका छन् ।
नेपाल रिइन्सुरेन्सले ‘क’ वर्गको बैंकको मुद्दतिमा १५ अर्ब ६२ करोड र हिमालयन रिइन्सुरेन्सले १३ अर्ब ५५ करोड लगानी गरेको छ । यी २ कम्पनीले क वर्गको बैंकको मुद्दतिमा २९ अर्ब १८ करोड लगानी गरेका छन् । यता, सूचीकृत पब्लिक लिमिटेडको कम्पनीको साधारण सेयरमा नेपाल रिइन्सुरेन्सको ९ करोड ४७ लाख र हिमालयन रि इन्सुरेन्सको ३ अर्ब ६५ लाख रुपैयाँ लगानी छ ।
यी २ कम्पनीको सूचीकृत पब्लिक कम्पनीहरुको सेयरमा ३ अर्ब १० करोड लगानी देखिएको छ । ऋणपत्रमा २ अर्ब ४४ करोड, नागरिक लगानी कोष र म्युचुअल फन्डमा ६ करोड ३४ लाख लगानी छ । यता, इन्भेष्टमेन्ट कम्पनीको सेयरमा हिमालयन रिको ९० करोड लगानी रहेको प्राधिकरणले जनाएको छ ।